त्रिशूलीमा बेपत्ता युवकको शव फेला

२०८० फाल्गुन ६, आईतवार

गोरखा : माछा मार्ने क्रममा त्रिशूली नदीमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन्। तनहुँको ब्यास–५ घर भई धादिङ बस्दै आएका ३२ वर्षीय गोविन्द बोटेको शव भेटिएको हो।

शुक्रबार साँझ गण्डकी गाउँपालिका–८ चरौदीस्थित त्रिशूली नदी किनारमा बोटेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए। उनी माछा मार्ने क्रममा फागुन २ गते चरौदीस्थित त्रिशूली नदी किनारबाट हराएका थिए। शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार