
काठमाडौं : बुधवार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख १८ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएकोमा आज तोलामा ५ रुपैयाँले वृद्धि भई १ हजार ४१५ रूपैयाँ कायम भएको छ ।