प्रधानमन्त्रीले गरे लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिसँग छलफल

२०८० फाल्गुन ९, बुधबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले लघुवित्त र सहकारी पीडितसँग छलफल गरेका छन्। लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार बोलाएर छलफल गरेका हुन्।

छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सरकारको तर्फबाट भइरहेका पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री प्रचण्डले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग पुर्‍याएको भएपनि पछिल्लोसमय संकटग्रस्त हुँदै गएको बताएका छन्।

उनले उक्त समस्या समाधान गर्न आवश्यक पहल भइरहको जानकारी दिए। ‘विगतमा राम्रो काम गर्दै आएको हो। तर, पछिल्लो समय यो ठूलो समस्यामा फस्दै गएको छ,’ प्रधानमन्त्रीले छलफलमा भने, ‘अप्ठ्याराहरू र कतिपय सञ्चाबलकहरूको बेइमानी जिम्मेवार छन्। सोही अनुसार समस्या समधानमा पुगिन्छ।’ प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयका अधिकारीहरू र नेपाल राष्ट्र बैंकसँग कुरा गरेर समस्या समाधान गरिने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार