काठमाडौं : भक्तपुरमा दुई दिनअघि साँझ कोठाबाट निस्किएका युवक शुक्रबार मृत अवस्थामा भेटिएका छन् ।
तेह्रथुमको छछर गाउँपालिका–२ स्थायी घर भइ सुर्यविनायक नगरपालिका–८ सिपाडोल बस्दै आएका ३३ वर्षीय गोपालप्रसाद ढकाल शरिरका विभिन्न भागमा चोट लागेको अवस्थामा मृत भेटिएको भक्तपुर प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
पाठकका अनुसार ढकाल बुधबार साँझ ८ बजे श्रीमतीलाई तेल लिएर आउँछु भन्दै निस्किएका थिए । तर घर नफर्किएपछि परिवारले बिहीबार प्रहरीमा उजुरी गरेको थियो ।
डेरा कोठाभन्दा करिब ३ किलोमिटर दूरीमा पर्ने गोठको भुइ तल्लामा रक्ताम्ये अवस्थामा परालले छोपिरहेको अवस्थामा ढकालको शव भेटिएको प्रवक्ता पाठकले जानकारी दिए । मृतक पाठक अनलाइन सम्बन्धी बिजनेस गर्दै आएका थिए ।
‘हत्या नै भएको हो तर कसले गर्यो ? भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ’, पाठकले भने ।