शनिवार दिउँसो नौबिसेबाट काउले जाँदै गरेको बा १६ च ८११३ नम्बरको सिङ्गल क्याबिनका बोलेर सडकबाट करिब १५० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । घाइते हुनेहरुमा सोही ठाउँका चालक विष्णु स्याङ्ताङ, शरण तामाङ, विष्णु तामाङ, शर्मिला तामाङ र राम विश्वकर्मा रहेका छन् ।घाइतेहरूको काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
मृतक तामाङको शव धार्के स्थित साईबाबा सामुदायिक अस्पतालबाट पोस्ट मार्टमको लागि गजुरी अस्पताल लगिएको प्रहरीले जनाएको छ।





