बुटवल : मगर दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ।
सोमबार बसेको कार्यपालिकाको बैठकले स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए। बुटवल उपमहानगरपालिका मातहतका सबै कार्यालय, बैंक तथा वित्तीय संघसंस्था, शैक्षिक संस्थाहरूलाई सार्वजनिक बिदा दिइएको उपमहानगरपालिकाले जनाएको छ।





