धनकुटामा जिप दुर्घटना : १६ घाइते, ४ जनाको अवस्था गम्भीर

२०८० फाल्गुन २०, आईतवार

धनकुटा : धनकुटाको पाख्रिबास नगरपालिका १० चुङमाङमा आइतबार अपराह्न यात्रुवाहक जिप दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । दुर्घटनामा परेको सवारी साधन र घाइतेहरु । तस्बिर सौजन्यः हरि पौडेल हिले बजारबाट चुङमाङतर्फ जाँदै गरेको को २ च १६१९ नम्बरको जिप दिउँसो करिब २:३० बजे दुर्घटनामा परेको हो । जिप सडकबाट ५० मिटर तल खस्दा त्यसमा सवार सबै यात्रु घाइते भएको जनाइएको छ ।

अधिकांश घाइते आफन्तको विवाहमा जाँदै गरेका पाहुनाहरु रहेका छन् । घाइते हुनेमा नेत्र कार्की, ईन्द्रकुमारी राई, लक्ष्मी राई, जया राई, वेदी बराल खत्री, सुनिता खत्रीलगायत रहेका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । स्थानीयवासी र नजिकै रहेको विद्यालयका शिक्षक विद्यार्थीले घाइतेको उद्धार गरेका थिए ।

जिपमा सवार सबै यात्रु घाइते भएको उद्धार कार्यमा रहेका स्थानीय भारती माविका प्रधानाध्यापक हरि पौडेलले जानकारी दिए । गम्भीर घाइतेलाई धरानतर्फ उपचारका लागि पठाइएको छ । अन्यको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । गाडीको चालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान अघि बढाइएको उनले बताए । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार