
काठमाडौँ : माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी यथावत् रहेको बताएको छ ।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको अडानमा कुनै फेरबदल नभएको बताएका हुन् । माओवादीको फागुन १६ गते बसेको बैठकले अध्यक्षमा छुट्टै उम्मेदवार उठाउने निर्णय गरेको थियो । ‘यसमा थप भन्नु पर्ने अवस्था छैन । पार्टीले जे निर्णय गर्यो । त्यही लाइन हो । केही फेरबदल भएको छैन’, उनले भने । यस्तै उनले मन्त्रिपरिषद् फेरबदलको विषयमा छलफल भइरहेको बताए ।