मन्त्रीहरूको शपथ ग्रहण देउवाले गरे बहिष्कार

२०८० फाल्गुन २२, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूको शपथ ग्रहण बहिष्कार गरेका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहणमा सभापति देउवा अनुपस्थित भएका हुन् । पूर्वप्रधानमन्त्रीको हैसियतमा देउवाले शपथ ग्रहणमा जानुपर्ने भएपनि उनी अनुपस्थित देखिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि देउवा रुष्ट छन् ।

सोमबार बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्यालले शीतल निवासमा शपथ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार