टस जितेर नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने

२०८० फाल्गुन २२, मंगलवार

काठमाडाैं : त्रिदेशीय टी–२० सिरिजको उपाधिका लागि नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार बिहान नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन ।

तीन देश सम्मिलित शृंखलाको शीर्ष दुई स्थानमा रहँदै दुवै टोलीले उपाधि भिडन्त पक्का पारेका थिए । नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाले रद्द भएसँगै नेपाल र नेदरल्याण्ड्सबीच फाइनल भिडन्त पक्का भएको थियो । लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको शुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जीत निकालेको थियो । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो ।

तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र चौथोमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार