
काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन् ।
अध्यक्ष नेपाललाई ओली र प्रचण्डले भेट्ने व्यवस्था मिलाइएको स्रोतले बताएको छ । नयाँ समीकरण बनेसँगै सरकारमा एकीकृत समाजवादीलाई समेट्न प्रधानमन्त्री प्रचण्ड र ओलीले माधवको साथ खोजेका हुन् ।