गठबन्धनमा सहभागी हुन ओली र प्रचण्डको प्रस्तावमा माधव नेपाल सकारात्मक

२०८० फाल्गुन २२, मंगलवार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीलाई एमालेसहितको गठबन्धनमा सहभागी हुन औपचारिक प्रस्ताव गरिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निवासमा मंगलबार साँझ भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा सहभागी हुन औपचारिक प्रस्ताव गरेका हुन् ।

उक्त प्रस्तावलाई नेपालले सकारात्मक रुपमा लिएको र भोलि (बुधबार) बस्ने एकीकृत समाजवादीको बैठकमा छलफल गरेर उपयुक्त निर्णय लिने नेपालले ओली र प्रचण्डलाई बताएका छन् । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले सकारात्मक जवाफ आएको बताए । ‘माधवजीको स्वास्थ्य बुझ्न र स्वास्थ्य लाभको कामना गर्न आएका थियौँ । यही क्रममा देशको परिस्थितिको बारे चर्चा चल्नु स्वाभाविक नै हो’, नेपाल गठबन्धनमा सहभागी हुनेबारेमा ओलीले भने, ‘एफर्मेटिभ (सकारात्मक) ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार