राप्रपा सत्ताको खेलमा सामेल छैन, हामी प्रतिपक्षमै हुन्छौं : राजेन्द्र लिङ्देन

२०८० फाल्गुन २३, बुधबार

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताको खेलमा सामेल नभएको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि संचारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले आफ्नो दल प्रतिपक्षमै बस्ने स्पष्ट पारे । उनले आफू पूर्व प्रधानमन्त्री माधव नेपाल बिरामी भएको थाहा पाएर भेट्न आएको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल माधव नेपाललाई भेटेर निस्किएलगत्तै लिङ्देन कोटेश्वर पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार