
काठमाडौं : अर्थ मन्त्रालय र गृह मन्त्रालयमा धेरैको दाबी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रालय विभाजन गर्न गाह्रो भएको छ ।
गृह र अर्थ मन्त्रालय भागबण्डामा नयाँ गठबन्धनबीच कुरा नमिलेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तनाबमा परेका हुन् । शक्तिशाली मन्त्रालय आफै राख्ने सुरमा रहेका प्रधानमन्त्री प्रचण्डलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले शक्तिशाली मन्त्रालय तपाईहरूले नै राखेर एमालेलाई चाहिँ कुन मन्त्रालय दिने तयारीमा हुुनुहुन्छ भनेपछि गठबन्धन सरकारबीच सरकार बनाउन तातेको माहोल तनाबमा परिणत भएको छ ।
राष्ट्रिय स्वतन्त्र पाटीका सभापतिलाई गृह मन्त्रालय नै चाहिने र माओवादीमा उपमहासचिव वर्षमान पुनले अर्थ मन्त्रालय नै चाहिने अडान राखेपछि प्रचण्ड सरकार दुविधामा परेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रिय सभाको अध्यक्ष पनि माओवादीलाई दिएको, गृह मन्त्रालय रबिले नछाड्ने वातावरण बनेपछि अर्थ मन्त्रालय जसरी पनि आफूहरूले लिनुपर्ने अडानमा छ । अर्थमन्त्रीमा भने आफ्ना विश्वास पात्र वर्षमान पुनलाई अघि सारेका ले यसअघिको माओवादी कांग्रेसको गठबन्धन टुटेको हो ।