गठबन्धन बैठकमा जसपाले दिएन मन्त्रीका नाम

२०८० फाल्गुन २३, बुधबार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन बैठकमा पार्टीका तर्फबाट मन्त्रीका नाम दिएको छैन। अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा बुधबार दिउँसो भएको गठबन्धन बैठकमा सहभागी थिए। अन्य दलहरूले मन्त्रालय र मन्त्री हुनेको नाम दिए पनि जसपाले नाम दिएको छैन।

अध्यक्ष यादवले मन्त्रालय भागबण्डाबारे अहिलेसम्म कुनै पनि सहमति नभएको प्रतिक्रिया दिएका छन्। ‘हामीले छलफल गर्‍यौं, तर कुरा सबै विषयमा अड्किएको छ,’ यादवले भने,‘अस्ति भएको ८ बुँदे सहमतिबाहेक अहिलेसम्म कुनै सहमति भएको छैन।’

उनले फेरि बैठक बसेर सहमति गरेर अघि बढ्ने बताए। बुधबार बिहान बसेको जसपा बैठक सरकारमा जाने वा नजाने विषयमा अनिर्णीत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार