नयाँ समीकरणमा जनमतको बटमलाइन मधेशको मुख्यमन्त्री

२०८० फाल्गुन २३, बुधबार

काठमाडौं : जनमत पार्टीले सत्ता गठबन्धन र नेपाली कांग्रेस दुवैतिर सम्वाद गर्ने भएको छ ।

केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बसेको बैठकले दुवैतिर सम्वाद गर्ने निर्णय गरेको हो । दुवैतिर सम्वाद गर्ने निर्णय गरेको जनमतले मधेश प्रदेशको नेतृत्वलाई बटमलाइन बनाएको छ ।

‘हाम्रो बटमलाइन मधेश प्रदेशको मुख्यमन्त्री हो, त्यसलाई आधार मानेर हामी छलफलमा छौं’, एक नेताले भने । मधेशमा अहिले जनता समाजवादी पार्टी (जसपा) का नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् ।

केही समय अगाडि जनमतले यो सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नयाँ सत्ता समीकरणसँग जनमतले मधेशकै नेतृत्व दावी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार