मिटरब्याज पीडितहरूको निश्चित ऋण सरकारले मिनाहा गर्नुपर्छ: बाबुराम भट्टराई

२०८० फाल्गुन २४, बिहीबार

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मिटरब्याज पीडितहरूको निश्चित ऋण मिनाहा गर्नुपर्ने बताएका छन्। मिटरब्याज पीडितहरूको आन्दोलनमा सहभागी भएका भट्टराईले सरकारले मिटरब्याज पीडितका निश्चित ऋण मिनाहा गर्नुपर्ने बताए।

उनले ‘जनयुद्धताका’ जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाह घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्।लिखित तमसुकहरु खोजेर कारबाहीको दायरामा ल्याउन पनि उनले आग्रह गरेका छन्। नेपालका बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिव किसानलाई बाँड्न आँट गर्नुपर्ने उनको भनाइ छ।

मिटरब्याज पीडितहरुको विषयमा बनेका थुप्रै आयोगहरुको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको अयाोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पनि उनले आग्रह गरेका छन्।

‘मिटरब्याज पीडितको विषयमा थुप्रै आयोगहरु बनेका छन्। पहिला पनि बनेको थियो, प्रतिवेदन दिइयो। तर पछिल्लो पटक गौरीबहादुर कार्की आयोग जुन बन्यो, त्यसले दिएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन, त्यसलाई केले रोकेको छ? मेरा मित्र रविजी हिजोमात्रै उपप्रधान एवं गृहमन्त्री बन्नुभएको छ, रविजी तपाईले आज नै त्यसलाई जारी गरिदिनुस्,’ उनले भने, ‘बल्ल तपाईंहरु परीक्षाबाट उत्तिर्ण हुनुहुनेछ। नत्र जुन जोगी आए पनि कानै चिरेका भनेजस्तो हुने खतरा छ।’ भट्टराईले लघुवित्त पीडितका मागहरुमा आफ्नो आफ्नो पार्टी नेपाल समाजवादीको तर्फबाट पूर्ण समर्थन रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार