सत्ता जोगाउन पर्सिनै राप्रपालाई खोज्ने अवस्था नआओस् : राजेन्द्र लिङ्देन

२०८० फाल्गुन २४, बिहीबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता जोगाउन केही दिनमै आफ्नो पार्टीलाई खोज्ने अवस्था आउनसक्ने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व उपप्रधान तथा उर्जामन्त्रीसमेत रहेका लिङ्देनले नवगठबन्धनले आफ्नो पार्टीलाई खोज्ने अवस्था नआओंस भनेका हुन्। ‘उनले भने, कतिपय साथीहरूले उत्साहका साथ भन्नुभयो हामीले राप्रपालाई नलिने भनेर । त्यसलाई हामीले नोटिसमा राखेका छौँ। हामीले यो सत्ताको चलखेलमा सामेल हुँदैन भनिसकेपछि यो विषय आयो राप्रपाले सहभागी हुन खोजेर पनि नपाएको भन्ने कुरा भ्रम नरहोस्। तपाईँको गठबन्धनले पर्सि नै यो राप्रपालाई खोज्ने दिन नआओस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार