प्रचण्ड र माधव नेपालसँग ओलीको छुट्टाछुट्टै भेट

२०८० फाल्गुन २७, आईतवार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेट गरेका छन् ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई बालुवाटार नजिकै गोप्य स्थानमा र नेपाललाई उनकै निवास कोटेश्वरमा ओलीले भेटेको उनी निकट श्रोतले जानकारी दिएको छ । दुवै नेतासँग ओलीले संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे कुरा गरेको बताइएको छ।

नेपालसँग भने पार्टी एकता हुँदै वाम एकताबारे छलफल भएको ओली निकट एक नेताले बताए ।नेताहरूबिच  राष्ट्रियसभा अध्यक्ष निर्वाचनबारे पनि कुरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार