बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता हेर्न आइएमई पेबाट टिकट काट्न सकिने

२०८० फाल्गुन २७, आईतवार

काठमाडौँ : धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ।

शनिबारदेखि सुरू भएको बुढासुब्बा गोल्ड कप फुटबल २४ औं संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ। चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधिभर आइएमई पेबाट टिकट काट्न मिल्नेछ।

यस पटकको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार