पूर्व उपराष्ट्रपति पुनका छोरामाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

२०८० फाल्गुन २७, आईतवार

काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्रमाथि अनुसन्धान गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् ।

आइतबार आईजीपी वसन्त कुँवरलाई जितेन्द्रमाथि छानबिन गर्न मन्त्री लामिछानेले भनेका हुन् । जितेन्द्र पूर्व उपराष्ट्रपति पुनका जेठो छोरा हुन् । उनले ४ वर्षअघि चीनबाट अवैध रूपमा सुन ल्याएको आरोप लागेको छ । जितेन्द्रले चिनियाँ कारोबारीबाट तमसुक गरेर सुन ल्याएर भुक्तानी नदिएपछि सो विषय सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार