प्रधानमन्त्रीलाई विश्वासको मत दिन नाउपाको ह्वीप

२०८० फाल्गुन २९, मंगलवार

धनगढी : नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । पार्टी अध्यक्ष एवंम् संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी हुन् ।

‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिएको व्यहोरा अनुरोध छ,’ श्रेष्ठले प्रतिनिधिसभा सदस्यलाई पठाएको पत्रमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार