प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जना हाजिर जमानीमा छुटे

२०८० चैत्र १, बिहीबार

काठमाडौँ : तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र पूर्वसीइओ तुल्सीराम गौतमसहितका १० जना छुटेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई ‘दैनिक हाजिरी’मा रिहा गर्ने निर्णय गरेको छ ।

प्रारम्भिक अनुसन्धान सकेर आरोपीहरूलाई दैनिक हाजिरीमा रिहा गर्न गर्ने निर्णय गरिएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले हम्रोदेशलाई बताए । एसपी बोगटीले भने,‘राष्ट्र बैङ्कको विज्ञ टोलीसँगको समन्वयमा उनीहरूको मुद्दाबारे विस्तृत अनुसन्धान भइरहेको छ । ’माघ १५ मा प्रहरीले देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईको डीजाईजन र मिलेमतोमा कमसल धितोमा ऋण प्रवाह गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा सेन्चुरीका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, दुई जना तत्कालीन सीइओ, कर्मचारीहरू दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दीपेश प्रधान र सुनिल बस्नेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार