कपनबाट हराएकी किशाेरीकाे शव पशुपतिनजिक जंगलमा भेटियाे

२०८० चैत्र २, शुक्रबार

काठमाडौं : काठमाडौंको पशुपतिनजिक जंगलमा एक किशोरीको शव भेटिएको छ ।

गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले बताए । उनले भने,`आज बिहान मर्निङवाक गर्न जानेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव रुखमा झुण्डिएकाे अवस्थामा फेला परेकाे थियाे ।’ थेवेका अनुसार  प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेकाे हुनसक्ने देखिएकाे छ ।  थप अनुसन्धान  भइरहेकाे उनले बताए ।

सुस्मिता केही दिनदेखि हराइरहेकी थिइन् । सिन्धुली घर भएकी उनी बालुवाखानी, कपनमा बस्ने  गर्थिन्। उनी केहीदिन अघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार