कांग्रेससँगको गठबन्धनले राष्ट्रियताको रक्षा नहुने देखेँ, एमाले समस्या हुँदैन :प्रचण्ड

२०८० चैत्र २, शुक्रबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग लामो गृहकार्यपछि सहकार्य थालेकाले तत्कालै नटुट्ने पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा उनले कांग्रेसको संविधान विरोधी गतिविधिबाट आफू झस्किएपछि नयाँ समीकरणमा जानुपर्ने बताए ।

उनले भनाई उदृत गर्दै एक नेताले भने, ‘कांग्रेसबाट सरकार सञ्चालनमा सहयोग भएन । अर्थमन्त्रीले साथ दिनुभएन । कोशीमा हामीले पटकपटक धोका पायौं । त्यसैले यहाँबाट अघि बढ्न नसक्ने निष्कर्ष निकालेर मैले नयाँ कदम चालेको हुँ ।’

उनले महासमितिको बैठकमा पनि हिन्दू धर्मको पक्ष वकालन गर्दै संविधानविरोधी काम भएको बताए ।

उनले थपे, ‘कांग्रेससँगको गठबन्धनबाट राष्ट्रियताको न संरक्षण हुन्छ न समाजवादउम्मुख काम हुन्छ । त्यसैले एमालेसहितको नयाँ समीकरण थालेका छौं । यो हामीले लामो गृहकार्यपछि थालेकाले यहाँ समस्या हुँदैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार