न्याउरो मुख लगाएर बसे महरा, बैठकमा केही बोलेनन्

२०८० चैत्र २, शुक्रबार

काठमाडौँ : सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित आयोगको प्रदिवेदनले कारबाही सिफारिस गरेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा शुक्रवार पार्टीको बैठकमा सहभागी भएपनि केही बोलेनन् ।

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करीमा महराको संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शुक्रवार अपरान्ह बसेको बैठकमा महरा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाइनेपट्टी बसेका थिए । तर, बैठकमा केही नबोलेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ‘बैठकमा उपस्थित भएपनि महरा कमरेड केही बोल्नु भएन, न्याउरो मुख लगाएर बस्नुभयो,’ ती नेताले भने ।

विधान सम्मेलनबाट पारित भएको विधानलाई भाषागत मिलाएर पारित गर्न बैठक राखिएको थियो । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले सरकार सञ्चालनमा सहयोग नगरेका कारण नयाँ गठबन्धन बनाउनु परेको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार