घट्यो पेट्रोल र डिजेलको मूल्य

२०८० चैत्र २, शुक्रबार

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।

अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रो वर्गमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो १५७, तेस्रो १५८ रुपैयाँ पुगेको छ । घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
6
+1
1
+1
0
+1
3
+1
1
+1
3

ताजा समाचार