काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेलाई आफ्नो पार्टीको सास बास्ना आउन थालेको टिप्पणी गरेका छन् । काभ्रेको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै हिजोको राजनीतिक कटुतालाई भूलेर अघि बढ्ने बताए ।
उनले भने, ‘अहिले फेरि हिजो एमाले एकीकृत समाजवादी भएको ठाउँमा बस्नै नसक्ने, सासै गनाउने स्थिति थियो । अहिले बास्ना आउन थालेको छ । त्यस्तो हुन्छ । कटुता भएको बेलामा मन पर्दैन । अविश्वास बढेको बेलामा शंका हुन्छ । तर, तपाईंहरुले सुन्नुभएकै छ राजनीतिमा कहिलेपनि स्थायी शत्रु हुँदैन । मित्र पनि हुँदैन । यो कुरालाई ध्यान गर्नुपर्छ ।’ उनले अहिले एकीकृत समाजवादी एमालेमा मिल्ने भनेर भएको हल्ला सत्यता नभएको जिकिर गरे ।