आज मनकामना केबलकार बन्द

२०८० चैत्र ७, बुधबार

काठमाडौँ : नियमित मर्मत सम्भारका लागि मनकामना केवलकार आज एक दिनका लागि बन्द गरिएको छ । मर्मत सम्भारपछि बिहीबारदेखि भने नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठले बताए ।

अघिपछि बिहानैबाट केबलकार चढेर मनकामना जानेको भिड लाग्ने गर्छ । चितवनको कुरिनटारदेखि गोरखाको मनकामनामा केबलकार सञ्चालनमा छ । शनिबार बिहान साढे ६ बजेदेखि र अघिपछि बिहान साढे ७ बजेदेखि साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुने गरेको निर्देशक श्रेष्ठले बताए । मनकामना केबलकारमा ३४ वटा डब्बा सञ्चालन छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार