प्रेम सुवालको प्रश्न : एनटीसीको फोन कुरा गर्दागर्दै बन्द हुने, सरकारले कसको सेवा गरेको?

२०८० चैत्र ७, बुधबार

काठमाडौं : नेपाल मजदुर किसानको पार्टीका सांसद प्रेम सुवालले नेपाल टेलिकमको फोनमा कुरा गर्दागर्दै बन्द हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाल टेलिकमको बन्द हुने भए पनि निजीको भने बन्द नहुने गरेको उल्लेख गरे।

‘नेपाल टेलिकमको लाइन/फोन कुराकानी भइरहेकै बेला बरोबर बन्द हुने। तर निजी मोबाइल बन्द नहुने गर्नु सरकारले कसको सेवा गरेको हो? सूचना तथा प्रविधि मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार