सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

२०८० चैत्र ७, बुधबार

काठमाडौँ : राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूले दिएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा दाहालले सांसदहरूले संसद्को बैठकमा उठाएका प्रश्नको जवाफ दिने र सुझाव कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न उनले निर्देशन दिएका हुन् ।‘प्रतिवेदनका सम्बन्धमा माननीय सदस्यहरूले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा मन्त्रीले जवाफका सिलसिलामा व्यक्त गर्नुभएका विचारसमेतका आधारमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु,’ अध्यक्ष दाहालले भने ।

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्न र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीको जवाफपछि अध्यक्षले निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार