अटो दुर्घटनामा एमाले नेता अर्यालको मृत्यु

२०८० चैत्र ७, बुधबार

नवलपुर : अटो दुर्घटनामा परेर नवलपुरमा एमाले नेताको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् । दुर्घटनामा एमालेका जिल्ला कमिटी सदस्य भुपलाल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मध्यविन्दु नगरपालिका वडा नं. ११ कोटथर गरगरेको भित्री सडक खण्ड दमारबाट अरुणखोलातर्फ आँउदै गरेको ग.प्र.०४–००१ ह ००४ नम्बरको अटो चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

दुर्घटनामा मध्यविन्दु–१० की टिका देवी काफ्ले र तोयनाथ पोख्रेल घाइते भएको र उनीहरुको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए । दुर्घटनामा मृत्यु भएका अर्याल नयाँ बेलहानी गाविसका पूर्व गाविस अध्यक्षसमेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार