काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी वसन्त चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हडपिएको मुद्दामा बयान लिएको छ।
चौधरी ग्रुपले काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको आरोप छ। सोही मुद्दामा अनुसन्धान गरिरहेको सीआईबीले चौधरीलाई बोलाएर बयान लिएको हो। यसअघि वसन्तका भाइ अरुण पक्राउ परेका थिए। अदालतको आदेशपछि हाजिरी जमानीमा रिहा भएका छन्। तर मुद्दाको अनुसन्धान जारी छ।
च्याम्पियन फुटवेयर हुँदै हालको चाँदबाग रेसिडेन्सी प्रालिको नाममा आएको १० रोपनी जग्गा फिर्ताको प्रक्रिया पनि सुरु भइसकेको छ। यही मुद्दामा अर्बपति एवम् कांग्रेस सांसद विनोद चौधरीमाथि पनि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।





