सालनालसहित नवजात शिशुको शव फेला

२०८० चैत्र १३, मंगलवार

हेटौँडा : पश्चिम मकवानपुरको मनहरीमा मङ्गलबार बिहान एक नवजात शिशुको शव फेला परेको छ ।

मनहरी–७ रमौली बांगेटोल स्थित मनहरी खोलाको छेउमा सालनालसहित नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भर्खरै जन्मेको जस्तो देखिने नवजात (छोरा) शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । यसअघि पनि हेटौँडामा सालनालसहितको नवजात शिशु फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार