हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्राचार्यलाई कारबाही गर्ने

२०८० चैत्र १६, शुक्रबार

हेटौंडा : हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशको नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि हानेपा केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध सपथ लिएका बज्राचार्यलाई कारबाही गर्ने बताए ।

चैत्र ३(४ गते काठमाडौंमा भएको केन्द्रीय समितिको बैठकले मौजुदा गठवन्धनलाई समर्थन नदिने निर्णय गरेको र सो निर्णयविरुद्ध बज्राचार्य मन्त्री बनेको भन्दै उनलाइ कारवाही गर्ने घिमिरेको भनाइ छ । आफ्नो प्रदेशसभा सभासदलाई सत्तारुढ दलले अपहरण गरेर मन्त्री बनाएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई विकृत राजनितिक सस्कार सिकाएको आरोप लगाए ।

एउटा प्रदेशको माननीयलाई राजनीतिक अपहरण गरेर मन्त्री बनाइनु लज्जास्पद विषय भएको उनको भनाइ छ । चैत्र १५ मा हानेपाका बज्राचार्य प्रदेश सरकारमा सामेल भएपछि आज हेटौंडा आएर हानेपाले पत्रकार सम्मेलन गर्दै कारबाहीको चेतावनी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार