मनकामना जाँदै गरेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

२०८० चैत्र १७, शनिबार

गोरखा : गोरखाको सहिद लखन गाउँपालिका–३, घोर्लेस्वाँरामा शनिबार दिउँसो स्कारपियो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

नवलपरासी पूर्वबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग १ च ७६१९ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परी जीपमा सवार नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिका–४ का ४५ वर्षीय शोभाखर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार