नयाँ भनिएका पार्टीहरू स्टन्टमै रमाए : रामहरि खतिवडा

२०८० चैत्र १८, आईतवार

इलाम : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नयाँ भनिएका दल कामभन्दा सतही प्रचारबाजीमा लागेको आरोप लगाएका छन्।

उपनिर्वाचनको वस्तुस्थिति बुझ्न इलाम पुगेका खतिवडाले शनिबार कांग्रेस क्षेत्रीय कार्यसमितिको अन्तर्क्रियालाई सम्बोधन गर्दै नयाँ भनिएका पार्टीहरू काम नगरी सबै कुरामा स्टन्टमा रमाएका जिकिर गरे। ‘नयाँ जोगीहरू खरानी धेरै घस्ने मात्र हुन्, अरू केही गर्ने होइनन्,’ उनले भने।कांग्रेसले ०७, ०१५, ०४६ र ०६२–०६३ सालको सम्पूर्ण आन्दोलनको नेतृत्व गरी संविधान बनाएर गाउँ–गाउँमा स्थानीय सरकारसमेत दिएको खतिवडाले बताए।

संगठनको मुख्य जग स्थानीय तह भएको उल्लेख गर्दै उनले प्रत्येक वडा, टोल र घर बलियो बनाउन नेता-कार्यकर्तालाई अनुरोध गरे। छिट्टै इलाममा निर्वाचन हुन लागेकाले प्रत्येकले आफन्तलाई फोन गरेर, भेटेर वा जे गरेर भए पनि कांग्रेसलाई जिताउन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार