संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु

२०८० चैत्र १८, आईतवार

काठमाडौँ : संवैधानिक परिषद्को बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको हो।

संविधानको धारा २८३ अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिषद् बैठक राखेका हुन्।आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ। प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‍मा सदस्यमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता शेरबहादुर देउवा र प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना छन्।

एमालेसहितको गठबन्धन बनेपछि पहिलो पटक परिषद्को बैठक बस्न लागेको हो। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुख पदाधिकारी रहने संवैधानिक परिषद्मा सत्ता समीकरण फेरिएसँगै शक्ति संरचना पनि फेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार