मुक्तिनाथ विकास बैंकद्धारा धादिङ्गको विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०८० चैत्र १८, आईतवार

काठमाडौं : मुक्तिनाथ विकास बैंक लि.ले वित्तीय साक्षरता अभिबृद्धि गर्न धादिङ्ग जिल्लाको विभिन्न स्थानहरुमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले धादिङ्गको रोराङ्ग गाँउपालिका वडा नं. ५ स्थित श्री सुन्दरदिप महिला विकास बहुउद्देशीय सहकारी संस्थामा आवद्ध महिलाहरुलाई र थाक्रे गाँउपालिका वडा नं. १० स्थित ठूलोपोखरीका स्थानीय बासीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यत्रमहरुमा बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनुपर्ने विषयहरु, डिजिटल बैंकिङ्ग प्रविधि र बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमा वित्तीय कारोबार बारे चेतना तथा पहुच पुर्याउने उद्दश्य बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपाल भरी रहेको VISA Network मा आवद्ध अन्य जुनसुकै बैंकको ATM मचिने बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार