काठमाडौंमा ग्रील तथा स्टील व्यवसायीहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगिता शुरु

२०८० चैत्र १९, सोमबार

काठमाडौँ : ग्रील तथा स्टील व्यवसायीहरुको काठमाडौंमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता शुरु भएको छ । बुधबारदेखि कपन बालुवा खानीमा रहेको फुटसलमा शुरु भएको दुई दिने फुटबल प्रतियोगितामा काठमाडौंका ग्रील तथा स्टील व्यवसायीहरु सहभागी छन् ।

 

प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि तथा ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले यस्ता कार्यक्रमहरुले वास्तवमै ग्रील तथा स्टील व्यवसायीहरुको मनोबल उच्च बनाउन भरपुर मद्दत गर्ने अपेक्षा व्यक्त गरे । स्वास्थ्यको लागि खेल, मनोरञ्जनको लागि खेल भन्ने मान्यतालाई आत्मसाथ गर्दै प्रतियोगितामा सहभागिता जनाउने सबै टिमलाई उनले धन्यवाद दिए। यो प्रतियोगिताको आयोजनाले कतिपय निरन्तर कार्यक्रमहरुको क्रमभंगता गदैं ग्रील तथा स्टील व्यवसायी संगठनलाई एक कदम अगाडी बढ्ने बाटो देखाइदिएको भन्दै अध्यक्ष श्रेष्ठले सम्भव छ केहि गरौं भन्ने भावना पैदा गराएको बताए । यस्तै किसिमका विभिन्न कार्यक्रमहरु मार्फत ग्रील तथा स्टील व्यवसायीहरुलाई एकताबद्ध बनाउन मातहतका सबै संगठनहरुलाई आग्रह गर्दे महासंघको तर्फबाट हुन सक्ने र गर्न सकिने सहयोगमा कुनै पनि कसुर बाँकी नराख्ने प्रतिबद्धता समेत महासंघका अध्यक्ष श्रेष्ठले जनाए ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका महासचिव बिवेकदास श्रेष्ठको मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई ग्रील तथा स्टील व्यवसायीहरुको महोत्सव र पर्वको रुपमा लिएको भन्दै कार्यक्रमलाई भब्य र सभ्यताका साथ सफल पार्न सबै व्यवसायीहरुको कर्तव्य ठानेर सफल पार्नेतर्फ लाग्न आग्रह गरे । सधै काममै व्यस्त रहने व्यवसायीहरुको सुख र दुःख आदानप्रदान गर्ने अवसरका रुपमा मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई लिइएको उनको भनाई थियो । प्रतियोगिताका लागि महासंघको तर्फबाट आवश्यक परेका बखत सहयोग र सहकार्य गर्न महासंघ तयार रहेको भन्दै सम्पूर्ण व्यवसायीहरुलाई सक्रिय सहभागिता जनाउन पनि महासंघका महासचिव श्रेष्ठले आग्रह गरे । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिको आयोजनामा मैत्रिपुर्ण फुटबल प्रतियोगिता गरिएको ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं मातहतमा रहेका १४ वटा इकाई समिति, दुई वटा क्षेत्रिय समिति, काठमाडौं जिल्ला समिति र ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको सहभागिता रहने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा धेरै टिम सहभागि भएकोले नकआउटको आधारमा खेल खेलाइने हुँदा जम्मा १५ खेलमा प्रतियोगिता सम्पन्न हुने प्रतियोगिताका व्यवस्थापक महेश श्रेष्ठले जानकारी गराउनुभयो । प्रतियोगिताको पुर्ण व्यवस्थापनको जिम्मा महेश श्रेष्ठले लिने तथा प्रतियोगिता अन्तर्गतका सबै खेलहरुमा सिनियर (मुख्य) रेफ्रीको रुपमा उत्तरकुमार सुनारले भुमिका निर्वाह गर्ने निर्णय गरिएको आयोजक संस्थाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार