ट्याक्सी दुर्घटनामा बेपत्ता भएका युवकको शव फेला

२०८० चैत्र २१, बुधबार

गोरखा : ट्याक्सी दुर्घटनामा त्रिशुली नदीमा बेपत्ता भएका गोरखा नगरपालिका–७ का १८ वर्षिय विवश रोकाको शव फेला परेको छ । बुधबार चितवनको इच्छाकामना गाउँपालिका–६ टोपे खोला नजिकै त्रिशुली नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

बिहान ८.१५ बजे शव भेटिएको प्रहरीले जनाएको छ । गत शनिबार काठमाडौंबाट गोरखा आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन भएको थियो । ट्याक्सीमा सवार विवश रोका भने बेपत्ता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार