बाँके : लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय कम्दीले बिमा बापतको रकम हस्तान्तरण गरेको छ । लघुवित्तले संस्थामा आवद्ध सदस्य केन्द्र नं ६० कलावती शर्माले २०७७ साल फागुन १० गते संस्थाबाट तीन लाख कर्जा लिएर ३ बर्षको चार हजार तीन सय अठ्तिस रुपैयाको बिमा गरेकी थिइन् ।
आफुले लिएको कर्जा चुक्ता गरेको ५ महिना पछि गत कार्तिक १५ गते उनको मृत्यु भएको थियो । उनको मृत्यु पश्चात उनको श्रीमान् राधेश्याम शर्मालाई बचत र बिमा बापत संस्थाले तीन लाख उनन्तीस हजार आठ सय छयासी रुपैया ७२ पैसा बराबरको चेक हस्तान्तरण गरेको हो ।
बिमा रकम हस्तान्तरण कार्यक्रममा लक्ष्मी सनराइज बैक को सहायक कम्पनी लघुबित्तले विपन्न परिवारको लागि संस्था ले सदैब खेल्नुपर्ने भुमिका निवार्ह गरेको र सम्पूर्ण उपस्थित सदस्य हरु लाई बचत, कर्जा, बिमा एवम बचत को नियम र लक्ष्मी लघुवित्तको महत्त्व तथा आवश्यकता, संस्थाले प्रदान गर्ने लघुकर्जा, लघुबचत, मोबाईल पैसा एप, इसेवा कारोबारको जानकारी गराउनुको साथै कर्जाको सहि सदुपयोग, बचत किन र के का लागि गर्ने, जस्ता विषयमा जानकारी गराइएको थियो ।





