चैते रोपाइँमा व्यस्त विप्लव

२०८० चैत्र २२, बिहीबार

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ कपिलवस्तुको जनकम्युनमा चैते रोपाइँमा व्यस्त रहेका छन्।

काठमाडौँमा राजनीतिक भेटघाट र समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रम सकेर महासचिव विप्लव बुधबार पार्टी केन्द्रीय कार्यालय शिवराज नगरपालिका  ९ शिवगढी पुगेका थिए। प्रतिबन्ध फुकुवा पछि पार्टीको केन्द्रीय उत्पादन नीति अन्तर्गत विप्लवले कपिलवस्तु लगायत देशभर खेतीयोग्य उत्पादन क्षेत्रमा सक्रियता बढाएका छन्।

बुधवार  कपिलवस्तु पुगेका महासचिव विप्लव धानको बिउ काढ्न खेतमा पुगेका थिए। बिहीबार दिउँसो स्थानीय नेता कार्यकर्ता र जनकम्युनका कार्यकर्ताहरू सँगै उनले चैते धान रोपेका हुन्। पार्टी सबै तहका नेता कार्यकर्ताहरूलाई एकल तथा  सामूहिक वा संस्थागत ढङ्गले उत्पादनमा जोडिने केन्द्रीय नीति अन्तर्गत महासचिव विप्लव पनि खेतीपातीमा सहभागी भएको नेकपाका केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए।

झन्डै ५ कट्टामा रोपाइँ भइरहेको र बाँकी जग्गामा समेत चैत्र भित्र रोपाइँ सक्ने कार्यक्रम रहेको पार्टी निकट स्रोतले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार