पाल्पामा जिप दुर्घटना, चार घाइते

२०८० चैत्र २३, शुक्रबार

तानसेन : पाल्पामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको तानसेन १४, अर्गली नजिकै ना १ ज ७९५३ नम्बरको जिप शुक्रबार दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

दुर्घटनामा परी गुल्मी मुसिकोट –१ का ६७ वर्षकी ईश्वरा घिमिरे, सोही स्थानकी ८ वर्षकी सुप्रिया घिमिरे, पाल्पा रिव्दीकोट –६ की २४ वर्षकी रेखा रोका र बाग्लुङ् बडिगाड –५ बस्ने नौँ वर्षकी अतिस पाइजा घाइते भएका छन् । घाइतेहरुलाई रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको जिल्लाका प्रहरी कार्यालय पाल्पाका सूचना अघिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार गाडी चालक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार