अभिनेत्री कोपिला थापा सडक दुर्घटनामा घाइते, एकको मृत्यु

२०८० चैत्र २३, शुक्रबार

काठमाडौं : भारतको पञ्जाबमा भएको सडक दुर्घटनामा नेपाली फिल्मकी चर्चित चरित्र अभिनेत्री कोपिला थापा गम्भीर घाइते भएकी छन् ।

उनीसँगै कारमा सवार यात्रु रुपा थापाको मृत्यु भएको र गोपाल नामका एकजना नेपाली घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् । एक कार्यक्रममा सहभागि भएर पञ्चकुलातिर फर्किएको उनीहरुको चढेको कार ब्रेकफेल भएर २५ फिट तल खसेर ढलानमा बज्रिएको जनाइएको छ । दुर्घटना लगत्तै स्थानीय गाउँलेले आफ्नै गाढीमा चढाएर उनीहरुलाई चण्डीगढस्थित नेहरु अस्पताल पुर्‍याएका थिए ।

यो घटना एकसाताअघि भएको हो । अभिनेत्री थापालाई ढाडमा गम्भीर चोट लागेको छ । ढाडको शल्यक्रिया गरेर स्टिल राखिएपनि कम्मरभन्दा मुनिको शरिर चल्न नसकेको जनाइएको छ । तर, उनी बोल्न चाहिँ सक्ने भएकी छन् ।चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र विकास बोर्डमा रहेको चलचित्र कल्याणकारी कोषमार्फत थापाको उपचारमा सघाउन पहल भैरहेको बताए ।

केही दिनअघि थापासँग आफ्नो कुरा भएको र दुर्घटनाबारे जानकारी लिएको अध्यक्ष निरौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार