काठमाडौं : महालेखापरीक्षकमा सिफारिस भएका राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।
रायलाई केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेको महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । उनका अनुसार उक्त बैठकले नेपाल वन सेवा, फरेष्ट रिसर्च समूह, राजपत्रांकित प्रथम श्रेणीका सहसचिव रावित्री अर्यालले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।





