काठमाडौँ विश्वकै प्रदुषित सहरको दोस्रो सूचीमा

२०८० चैत्र २५, आईतवार

काठमाडौँ : काठमाडौँ विश्वकै प्रदुषित सहरको दोस्रो सूचीमा परेको छ । आइतबार साँझ ५ बजेको रेकर्डअनुसार नेपाल थाइल्याण्डको चियाङ माइपछिको सूचीमा परेको हो।

आईक्युएयरका अनुसार नेपाल प्रदुषण स्तर १८३ एक्युआई यूएस रहेको छ। तेस्रो स्थानमा कोलकाता, चौथो स्थानमा बंगलादेशको ढाका, पाँचौँ स्थानमा भियतनामको हानोइ रहेको छ। केही दिनयता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ। यसको खास कारण छिमेकी मुलुक भारतको उत्तरप्रदेशका विभिन्न स्थानका जंगलमा लागेको वन डढेलो र वर्षा नभएका कारण वायुमण्डलमा धुलाका कणहरु जम्मा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले नेपालकै पहाडी जिल्लाहरुमा वन डढेलो लागिरहेको अवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार