सिरहामा हत्या अभियुक्त मियाँ ३८ वर्षपछि परे पक्राउ

२०८० चैत्र २६, सोमबार

जनकपुरधाम : सिरहामा हत्या घटनाका अभियुक्त ३८ वर्षपछि पक्राउ परेका छन् । लहान नगरपालिका १८ बरैरबोनाका ७० वर्षीय इस्लाम मियाँ धुनिया पक्राउ परेका हुन् ।

२०३६ कार्तिक ९ मा लहान नगरपालिका २४ का खट्टर चौधरीको हत्या भएको थियो । उनको हत्यामा मियाँलाई जिल्ला अदालत सिरहाले २०४२ पौष १० मा दोषी ठहर गरेको थियो । सिरहा प्रहरीका अनुसार घटनामा दोषी ठहर गर्दै अदालतले मियाँलाई १० वर्ष कैद सजाय तोकेको छ । सजाय पाएपछि मियाँ लुकीछिपी बस्दै आएका थिए ।

सिरहा प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले पुराना फाइलहरु पल्टाएर फरार अभियुक्तहरुलाई पक्राउ गर्ने अभियान चलाए । सोही अभियान अन्तर्गत मियाँ पक्राउ परेका हुन् । पक्राउ परेका मियाँ ७० वर्षका छन् । युवा अवस्थामा घटना घटाएका मियाँ वृद्धावस्थामा पक्राउ परेर जेल पुगेका हुन् । अदालतले कैद सजाय भुक्तान गर्न उनलाई सिरहा कारागार पठाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार