कोशी प्रदेशमा माओवादीका मन्त्रीले बुझाए राजीनामा

२०८० चैत्र २६, सोमबार

काठमाडौँ : कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । सोमबार दिउँसो उनीहरुले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।

खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेतीले राजीनामा बुझाएका हुन् । सोमबार बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार