पूर्वमन्त्री अब्दुल खान सवार गाडी धादिङमा दुर्घटना

२०८० चैत्र २६, सोमबार

धादिङ : पूर्वमन्त्री तथा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी दुर्घटनामा परेकाे छ।

काठमाडौंबाट चितवन जाँदै गरेको बिएसी २७३५ नम्बरको उपाध्यक्ष खान सवार गाडी धादिङको कृष्णभिरमा दुर्घटना भएको हो। उपाध्यक्ष खानसहित गाडीमा चारजना सवार थिए। अर्को गाडी जोगाउन खोज्दा उनी सवार गाडी भित्तामा ठाेक्किएको थियो। दुर्घटनामा खानसहित गाडीमा सवार चारैजना सामान्य घाइते भएका छन्।

उनीहरूको मलेखु राजमार्ग सामुदायिक अस्पतालमा उपचारपछि काठमाडौंकाे ट्रमा सेन्टर रेफर भएको धादिङका एसपी गौतम कसीले जानकारी दिए। केसीका अनुसार खानको  देब्रे हात र चालकको छातीमा चाेट लागेको छ। अन्य दुईजनाकाे पनि टाउकाे र हातमा चाेट लागेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार